Kathmandu Press

बाग्मती प्रदेशको सभामुखमा भुवन पाठक निर्वाचित 

शुक्रबार बसेको प्रदेशसभा बैठकमा मतदानमा गठबन्धनका साझा उम्मेदवार पाठक ६२ मतसहित सभामुख चुनिएका हुन् ।
बाग्मती प्रदेशको सभामुखमा भुवन पाठक निर्वाचित 

काठमाडौं, पुस २९ : बाग्मती प्रदेशको सभामुखका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भुवन पाठक निर्वाचित भएका छन् । 

शुक्रबार बसेको प्रदेशसभा बैठकमा मतदानमा गठबन्धनका साझा उम्मेदवार पाठक ६२ मतसहित सभामुख चुनिएका हुन् । उनको विपक्षमा ४९ मत र तटस्थमा  ७ मत परेको छ । 

उनी राप्रपाका  महामन्त्रीसमेत हुन् । गठबन्धनको केन्द्रमा भएको सहमति अनुसार बाग्मती प्रदेशको सभामखु राप्रपाले पाएको हो ।  

बाग्मतीको सभामुखका लागि कांग्रेसका प्रदेशसभा सदस्य शिवराज अधिकारी र नेमकिपाकी  सृजना सायजुले पनि उम्मेदवारी दिएका थिए । उनीहरु दुबैलाई सभामुख बनाउने प्रस्तावमा बहुमत सांसदहरुले  अस्वीकृत गरेको थियो । 

प्रकाशित मिति: १४:०५ बजे, शुक्रबार, पुस २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्