मधेश प्रदेशका मुख्यमन्त्री यादवसहित तीन मन्त्रीले लिए सपथ
मधेश प्रदेशका मुख्यमन्त्री सराेजकुमार यादवले भोजपुरी भाषमा सपथ लिएका छन् ।
काठमाडौं, पुस २९ : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको सपथ लिएका छन् । मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री यादवलाई शुक्रबार दिउँसो सपथ ग्रहण गराएका हुन् । उनले भोजपुरी भाषमा सपथ लिएका छन् ।
यादव बुधबार मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले प्रदेश सरकारमा तीन जनलाई विना विभागीय मन्त्री बनाएका छन् । नवनियुक्त मन्त्रीहरुले पनि आजै सपथ ग्रहण गरेका छन् ।
नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीका संजय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले मन्त्री पदको शपथ लिएका हुन् ।
यादवलाई हालसम्म ७२ सांसदको समर्थन छ । मधेश प्रदेशमा जसपाका १६, एमालेका २३, जनमत पार्टीको १३, लोसपाको ९, माओवादी केन्द्रको ७, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीको १÷१ सांसद र एक स्वतन्त्र सांसद छन् ।
प्रकाशित मिति: १३:५१ बजे, शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











