Kathmandu Press

विरोध साम्य पार्न भारतका कट्टरपन्थी नेताद्वारा कडा कारवाहीको बचाउ

भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्रीले नयाँ नागरिकता कानूनको विरोधमा प्रदर्शन भइरहेको बेला प्रहरीले गरेको ज्यादती भन्ने अधिकार समूहको आरोपलाई अस्वीकार गरेका छन्। स....

विरोध साम्य पार्न भारतका कट्टरपन्थी नेताद्वारा कडा कारवाहीको बचाउ

भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्रीले नयाँ नागरिकता कानूनको विरोधमा प्रदर्शन भइरहेको बेला प्रहरीले गरेको ज्यादती भन्ने अधिकार समूहको आरोपलाई अस्वीकार गरेका छन्। सडकमा शान्ति ल्याउनुपर्ने भन्दै उनले अडान लिएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले ल्याएको नागरिकता सम्बन्धी नयाँ कानूनलाई लिएर भारतको उत्तरी राज्यमा सबैभन्दा धेरै हिंसा भएको छ। अधिकारकर्मीले मुस्लिम समुदाय विरूद्ध अन्याय भएको बताएका छन्। भारतमा मुस्लिमको जनसंख्या करिब १४ प्रतिशत छ।

विरोध प्रदर्शन सुरू भएदेखि ज्यान गुमाएका २५ जनामध्ये १९ जना उत्तर प्रदेशका छन्। उत्तर प्रदेश भारतको सबैभन्दा धेरै जनसंख्या भएको राज्य हो। तर गएको सातादेखि उत्तर प्रदेशमा झडक कम भएका छन्। सानातिना प्रदर्शन भने जारी छ।

Hardik ivf

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ कट्टरपन्थी हिन्दु पण्डित हुन्। उनी मोदीको हिन्दुवादी राष्ट्रवादी पार्टीमा आबद्ध छन्। आफ्नो कठोर नीतिले समस्याको अन्त्य भएको उनले जनाएका छन्। “सबै प्रदर्शनकारी चकित भएका छन्। सबै उपद्रवी छक्क परेका छन्। योगी सरकारको कठोरता देखेर, सबै चुप छन्,” आदित्यनाथको प्रमाणित आधिकारिक ट्विटरमा भनिएको छ।

“मन लागेको गर्नुहोस् तर क्षति पुर्‍याउनेले क्षतिपूर्ति गर्नैपर्छ,” ट्विटमा भनिएको छ। गएको साता उनको सरकारले दुई सयभन्दा धेरै मानिसबाट लाखौं रूपैयाँ माग गरिरहेको बताएको छ। प्रदर्शनका क्रममा भएको क्षतिको क्षतिपूर्ति गर्न नसके सम्पत्ति जफत गर्ने सरकारले जनाएको छ।

अत्यधिक शक्ति

अधिकारवादी समूहले धेरैलाई हिरासतमा राखिएको र राज्यमा अत्यधिक शक्ति प्रयोग गरेको बताउँदै आएको छ। प्रहरीले त्यहाँ एक हजारभन्दा धेरैलाई गिरफ्तार गरेको छ।

नागरिकता विधेयकले मुस्लिम बाहुल्यता भएको छिमेकी देश   अफ्गानिस्तान, बंग्लादेश र पाकिस्तानबाट सन् २०१५ भन्दा अघि भारत आएका धार्मिक अल्पसंख्यकलाई नागरिकता लिन सजिलो हुनेछ। तर भारतीय मुस्लिमलाई भने यही छुट छैन।

आलोचकहरूले कानून र राष्ट्रिय नागरिकता रजिस्टर (एनआरसि) ले मुस्लिम विरूद्ध विभेद गरेको र मोदी सरकारले धर्म निरपेक्ष संविधानमा आक्रमण गरेको बताएका छन्। सरकारले कोही नागरिक प्रभावित नहुने र रजिस्टरका लागि तत्काल कुनै योजना नभएको बताएको छ।

प्रतिपक्षी दल कंग्रेस पार्टीकी महासचिव प्रियङ्का गान्धी भद्राले शनिबार उत्तर प्रदेश प्रहरीको आलोचना गरिन्। विरोध प्रदर्शनसँग जोडिएका प्रहरीका पूर्व अधिकारीलाई भेट्न जाँदा प्रहरीको गाडीले बाटो छेकेकोले हिँडेर जानुपरेको भद्राले सञ्चारकर्मीलाई बताइन्।

“प्रहरीले मलाई घेरे, घाँटी निमोठे, समाए र मलाई धकेले। म लडें,” भद्राले भनिन्,“म दुईपाङ्ग्रेमा गए। उनीहरूले फेरि रोके अनि म हिँड्दै आएँ।”
भद्राको आरोप गलत भएको भन्दै घटनामा संलग्न एक अधिकारीले उजुरी गरेको लखनऊका एसएसपी कलानिधी नैथानीले पछि एउटा भिडियो सार्वजनिक गरे।

मुस्लिम समुदायको अवस्थाबारे चिन्तितलाई सामाजिक सञ्जालमा छरिएको भिडियोले थप बल पुग्नेछ। भिडियोमा उत्तर प्रदेशका एक वरिष्ठ प्रहरी अधिकारीले “यहाँ बस्न मन नलागे पाकिस्तान जानु” भनिरेहका छन्। केही प्रदर्शनकारीले पाकिस्तानको समर्थनमा नाराबाजी गरेको ती प्रहरी अधिकारी अखिलेश नारायण सिंहले बताए। “यो परिस्थितीमा मैले उनीहरूलाई पाकिस्तान जान भनेको हुँ,” उनले भने।

कंग्रेस पार्टीका पदाधिकारीले “संविचान बचाउ भारत बचाउ” नारासहित शनिबार प्रदर्शन गरे। यसैबीच मोदीको पार्टीसँग जोडिएका हिन्दु अभियन्ताहरूले झोपडपट्टीमा सार्वजनिक असन्तुष्टि साम्य पार्न कार्यशालाहरू सञ्चालन गरे।
 

प्रकाशित मिति: ०७:३२ बजे, बिहीबार, पुस १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्