माओवादीको मधेश प्रदेश संसदीय दलको नेतामा भरत साह

काठमाडौं, पुस २९ : मधेश प्रदेशमा माओवादी केन्द्रको संसदीय दलको नेतामा भरतप्रसाद साह चयन भएका छन् ।
शुक्रबार भएको संसदीय दलको निर्वाचनमा ६ मत पाउँदै साह दलको नेता चुनिएका हुन् । उनका प्रत्यासी युवराजप्रसाद भट्टराईले ३ मत पाए ।
साह यसअघि पनि प्रदेश संसदीय दलको नेता थिए ।
मधेश प्रदेशमा माओवादीका ९ सांसद छन् ।
प्रकाशित मिति: १२:१२ बजे, शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











