मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि प्रदेश १ सरकार विस्तार
विस्तारित मन्त्रिपरिषदमा माओवादीका जीवन आचार्य र दुर्गा चापागाईं तथा एमालेका बुद्धिकुमार राजभण्डारी सहभागी भएका छन् ।
माेरङ, पुस २९ : प्रदेश १ सरकार विस्तार भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३ मन्त्री थप गर्दै सरकार विस्तार गरेका हुन्।
मुख्यमन्त्री कार्कीले आफूले विश्वासको मत लिनुअघि सरकार विस्तार गरेका हुन्। कार्कीले आजै संसदमा विश्वासको मत लिँदै छन्।
प्रदेश १ सरकारमा माओवादीका दुई र नेकपा एमालेका एकजना मन्त्री थपिएका छन् । यसअघि मुख्यमन्त्री नियुक्तीमा असन्तुष्टी जनाउँदै माओवादी सरकारमा सहभागी भएको थिएन्।
विस्तारित मन्त्रिपरिषदमा माओवादीका जीवन आचार्य र दुर्गा चापागाईं तथा एमालेका बुद्धिकुमार राजभण्डारी सहभागी भएका छन् । तर, उनीहरुलाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैनद ।
प्रकाशित मिति: ११:४१ बजे, शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











