Kathmandu Press

मकवानपुरमा स्कुटर दुर्घटना, तीन जनाको ज्यान गयो

पूर्व पश्चिम राजमार्ग अन्तर्गत भलाद्मीचोकमा गएराति ना ३९ प १४३९ नम्बरको स्कुटरलाई गाडीले ठक्कर दिँदा चालकसहित तीन जनाको ज्यान गएको हो । मृतक तीनै जना एउटै स्कुटरमा रहेका प्रहरीले जनाएको छ ।
मकवानपुरमा स्कुटर दुर्घटना, तीन जनाको ज्यान गयो

काठमाडौं, पुस २९ : मकवानपुरको मनहरि गाउँपालिका ९ ज्यामिरे भलाद्मीचोकमा स्कुटर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत भलाद्मीचोकमा गएराति ना ३९ प १४३९ नम्बरको स्कुटरलाई गाडीले ठक्कर दिँदा चालकसहित तीन जनाको ज्यान गएको हो । मृतक तीनै जना एउटै स्कुटरमा रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा मनहरि गाउँपालिका–८ सिमपानी  बस्ने अन्दाजी ३२ वर्षीय धर्मराज मोक्तान, स्कुटर चालक ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय  रुपेश तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

स्कुटरलाई ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण आक्रोशित स्थानीयले गएराति राति ११ बजेदेखि आज बिहान ६ बजेसम्म राजमार्ग ठप्प पारेका थिए ।

ठक्कर दिने गाडी तत्काल पत्ता लगाउने सहमतिमा राजमार्ग खुलाइएको छ । 

प्रकाशित मिति: ०८:३६ बजे, शुक्रबार, पुस २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्