सन्दीप लामिछाने शुक्रबार थुनामुक्त हुने
उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने आदेश दिएकाेले आज उक्त रकम बुझाउन ढिलो भएकाे कारण प्रक्रिया पुर्याएर लामिछाने भोलिमात्र रिहा हुने केन्द्रीय कारागार प्रशासनले जनाएको छ ।
काठमाडाैं, पुस २८ : उच्च अदालत पाटनले धराैटीमा रिहा गर्न आदेश दिसँगै क्रिकेटर सन्दीप लामिछाने शुक्रबार थुनामुक्त हुने भएका छन् ।
उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने आदेश दिएकाेले आज उक्त रकम बुझाउन ढिलो भएकाे कारण प्रक्रिया पुर्याएर लामिछाने भोलिमात्र रिहा हुने केन्द्रीय कारागार प्रशासनले जनाएको छ ।
नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाइर् बिहीबार उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकाे थियाे।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएका हुन।
सन्दीपलाई विदेश जान, मुद्दाको विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिन भने रोक लगाइएको छ।
प्रकाशित मिति: २०:१२ बजे, बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार