घनश्याम भुसाल शुक्रबार एकीकृत समाजवादी प्रवेश गर्ने
भुसाललाई पार्टीमा प्रवेश गराउन भोलि एकीकृत समाजवादी पार्टीले शंखमुलको अर्याल होटलमा कार्यक्रम राखेको छ ।
काठमाडौं, पुस २८ : वामपन्थी नेता घनश्याम भुसाल भोलि (शुक्रबार) नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।
केही दिनअघि एकीकृत समाजवादीमा आबद्ध हुनका लागि भुसालले पठाएको प्रस्ताव पार्टीले स्वीकार गरेपछि उनी एकीकृत समाजवादीमा आबद्ध हुने भएका हुन् ।
भुसाललाई पार्टीमा प्रवेश गराउन भोलि एकीकृत समाजवादी पार्टीले शंखमुलको अर्याल होटलमा कार्यक्रम राखेको छ । कार्यक्रम दिउँसो २ बजे हुने बताइएको छ ।
एमालेबाट निर्वाचन टिकट नपाएपछि भुसालले रुपन्देहीमा स्वतन्त्र उम्मेदवार दिएर संघीय निर्वाचन लडेका थिए । तर, उनी पराजित भएका थिए।
प्रकाशित मिति: १७:१३ बजे, बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











