Kathmandu Press

‘छड्के २’ मा भिटेनको र्‍याप

‘छड्के २’ मा भिटेनको र्‍याप

काठमाडाैं, पुस २८ : युवापुस्तामाझ चर्चित रहेका  र्‍यापर भिटेनले फिल्मका लागि  र्‍याप तयार पारेका छन् । अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘छड्के २’ का लागि उनले आफ्नै शब्द, सङ्गीत र स्वर रहेको  र्‍याप गीत रेकर्ड गराएका छन्। 

बुधबार काठमाडौँस्थित एक स्टुडियोमा रेकर्ड सकिएपछि कथा सुहाउँदो रहेकाले फिल्मसँग जोडिएको संक्षिप्त प्रतिक्रिया दिए। ‘फिल्मको पात्रसँग सुहाउने भएकाले जोडिएको हुँ,’ भिटेनले भने।

Hardik ivf

फिल्मका निर्माता प्रशान्त गिरीले  र्‍याप आवश्यक परेकाले समावेश गरिएको जानकारी दिए। ‘ग्याङस्टार जनरामा निर्माण भएको फिल्ममा अभिनेता केसीलाई अन्यभन्दा फरक पाउनु हुनेछ, हामी गीत(सङ्गीतमा समेत फरकपन दिन चाहन्छौँ,’ निर्माता गिरीले भने। 

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आलेमगरको समेत अभिनय रहेको छ । चितवन र मुस्ताङमा छायाङ्कन गरिएको यो फिल्म ‘छड्के’ को सिक्वेल भएता पनि कथावस्तु नयाँ रहेको निर्देशक श्रेष्ठले बताए। 

‘नामको मात्र सिक्वेल हो, विषयवस्तु फरक छ,’ निर्देशक श्रेष्ठले भने। काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन्। 

प्रकाशित मिति: १६:४९ बजे, बिहीबार, पुस २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्