एनसेल ‘रिचार्जमा चमत्कार’ योजना: कामतीले जिते १० लाख रुपैयाँ
काठमाडौं, पुस १६ : सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ होममा उपचारत सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योज....

काठमाडौं, पुस १६ : सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ होममा उपचारत सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद १० लाख रुपैयाँ जितेका छन्। यो योजनाअन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने कामती भाग्यशाली ग्राहक हुन्।
मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन कार्यक्रममार्फत कामती यो योजनाको पहिलो मासिक विजेताका रुपमा छानिएका थिए। बुधबार चर्चित हास्यकलाकार जितु नेपालले उनी उपचारत अस्पतालमा पुगेर १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।
आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ योजना मंसिर १ गतेदेखि संचालन गर्दै आएको छ। यस योजनाअन्तर्गत हरेक योग्यग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ नगद र प्रत्येक महिना १० लाख रुपैयाँ नगद जित्ने मौका पाउँछन्।
अस्पतालमा छोराको उपचार खर्च तिर्नका लागि पैसाको खाँचो परेको बेलामा यो नगद पुरस्कार एक ठूलो आश्चर्य र राहतको रुपमाआएको जितेन्द्र कुमार कामतीका बुबा हरि किशोर कामतीले बताए। ‘छोरा केही दिनमा डिस्चार्ज हुने आशामा छौं,” जितेन्द्रका बुबाले भने,‘यो पैसाले केहीव्यापार पनि गर्ने योजनामा छौं।’ यो योजनाको पहिलो ६ हप्तासम्ममा ३० जना भाग्यशाली ग्राहकले जनही २ लाख रुपैयाँ जितेका छन्। ती ३० जनामध्ये ९ जना ग्राहकले आ—आफ्नो नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने २१ जना ग्राहकहरु प्रमाणिकरण प्रक्रियामा रहेका छन्।
एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १०० रुपैयाँ वा यसभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन्। आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भइरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिने छ।
ग्राहकहरुले १०० रुपैयाँ वा त्योभन्दा बढीको ब्यालेन्स रिचार्जमा प्रत्येक १०० रुपैयाँ बराबरको एक विषेश कोड एसएमएसमार्फत प्राप्त गर्छन्। उदाहरणका लागि यदि कुनै ग्राहकले ३५० रुपैयाँको रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ। त्यसैगरी ग्राहकले ५ सय रुपैयाँ रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन्।
यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नु पर्ने हुन्छ। यो योजनाअन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपिवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ।










-1754206481.jpg)
