प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली
मन्त्रिपरिषद् विस्तार, सभामुखको निर्वाचन लगायत समसामयिक राजनीतिबारे छलफल गर्न ओली बालुवाटार पुगेका हुन् ।
काठमाडौं, पुस २८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बिहीबार अध्यक्ष ओलीले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । मन्त्रिपरिषद् विस्तार, सभामुखको निर्वाचन लगायत समसामयिक राजनीतिबारे छलफल गर्न ओली बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
आजै गठबन्धनको बैठक बसी मन्त्रिपरिषद्लाई पूर्णता दिने भनिएपनि बैठक अझैसम्म बसेको छैन । गठबन्धनका अन्य नेताहरु काठमाडौं बाहिर रहेका कारण आज बैठक बस्ने सम्भावना कम रहेको शर्माले बताए ।
प्रकाशित मिति: १६:३८ बजे, बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











