Kathmandu Press

लुम्बिनीका मुख्यमन्त्रीले लिए पद तथा गोपनीयताको सपथ 

लुम्बिनीका मुख्यमन्त्रीले लिए पद तथा गोपनीयताको सपथ 

काठमाडौं, पुस २८ : लुम्बिनी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री लीला गिरीले बिहीबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएका छन् । 

बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री गिरीलाई सपथ ग्रहण गराएका हुन् । त्यस्तै नेकपा माओवादी तर्फ बाँके निर्वाचन क्षेत्र नं. १(१) निर्वाचित सांसद कृष्णा केसीले बिना विभागीय मन्त्रीको जिम्मेवारीसहितको शपथ लिएकी छिन् । 

मन्त्री छनौटका विषयमा नेकपा माओवादीभित्रको आन्तरिक सहमति हुुन उनलाई बिना विभागीय मन्त्री रूपमा शपथ खुवाइएको हो ।

त्यस्तै नेकपा एमालेका चेतनारायण आचार्यले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई पनि बिना विभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन्। 

प्रकाशित मिति: १५:३७ बजे, बिहीबार, पुस २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्