Kathmandu Press

सन्दीप लामिछानेको मुद्दामा सुनुवाई जारी 

सन्दीप लामिछानेको मुद्दामा सुनुवाई जारी 

काठमाडौं, पुस २८ : बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेले दिएको पुनरावेदनमा उच्च अदालत पाटनमा सुनुवाइ चलिरहेको छ । 

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उक्त आदेशमा तथ्य प्रमाणको गलत व्याख्या भएको दाबीसहित लामिछानेले उच्च अदालतमा पुनरावेदन गरेका थिए । 

उच्च अदालतमा न्यायाधीश धुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । लामिछाने नाबालिगमाथि बलात्कारको अभियोग लागेका लामिछाने जगन्नथा देवलस्थित केन्द्रीय कारागारमा छन् । राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लामिछाने असोज २० गते पक्राउ परेका थिए । 

प्रकाशित मिति: १५:१६ बजे, बिहीबार, पुस २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्