१७ डीआइजीको काज सरुवा, सातै प्रदेशका प्रहरी प्रमुख फेरिए (सूचीसहित)
गृहमन्त्रीमा रवि लामिछाने नियुक्त भएपछि प्रहरी उच्च अधिकारीको सरुवा भएको यो पहिलो निर्णय हो।
काठमाडौं, पुस २८ : प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी नायब महानिरीक्षक ( डीआइजी)को काज सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै १७ डिआइजीको काज सरुवा गरिएको जानकारी दिएको हो । गृह मन्त्रालयले बिहीबारको निर्णयअनुसार उनीहरुको काज सरुवा गरेको हो । गृहमन्त्रीमा रवि लामिछाने नियुक्त भएपछि प्रहरी उच्च अधिकारीको सरुवा भएको यो पहिलो निर्णय हो।
डीआइजीहरुको काज सरुवाले सातै प्रदेशको प्रहरी प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् ।
मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी आएका छन् । कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन् भने भीमप्रसाद ढकाल कर्णाली प्रदेश पठाइएका छन् ।
को कहाँ पुगे ?














