Kathmandu Press

प्रधानमन्त्री दाहालसँग जर्मन राजदूतको भेटवार्ता

प्रधानमन्त्री दाहालसँग जर्मन राजदूतको भेटवार्ता

काठमाडौं, पुस २८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्जले आज शिष्टाचार भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हित तथा साझा चासोका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसअवसरमा जर्मन राजदूतले नेपालको प्रधानमन्त्री नियुक्त  भएकामा प्रधानमन्त्री दाहाललाई बधार्ई दिँदै सफल कार्यकालको कामना गरेका छन् । 

प्रकाशित मिति: १३:५९ बजे, बिहीबार, पुस २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्