Kathmandu Press

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज सपथ ग्रहण गर्ने

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज सपथ ग्रहण गर्ने

काठमाडौं, पुस २८ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे उहाँलाई शपथ ग्रहण गराउनेछन्। 

आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठनको पनि तयारी गरिएको छ । एमाले र माओवादी केन्द्रबाट एक÷एक  मन्त्री बनाउने तयारी रहेको माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले बताए। 

‘आज तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरिएको छ,’ उनले भने, ‘त्यसका लागि छलफल भइरहेको छ।’बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

अहिले लुम्बिनी प्रदेशमा १३ मन्त्रालय छन् । यसलाई घटाउने गरी छलफल भइरहेको छ।   

प्रकाशित मिति: ११:२१ बजे, बिहीबार, पुस २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्