Kathmandu Press

प्रधानमन्त्रीसँग बाग्मतीका मुख्यमन्त्री जमकट्टेलको भेटवार्ता

प्रधानमन्त्रीसँग बाग्मतीका मुख्यमन्त्री जमकट्टेलको भेटवार्ता

काठमाडौं, पुस २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले भेट गरेका छन्। 
 
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्रीमा नियुक्त  भएकामा जमकट्टेललाई बधाई तथा शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 
नवनियुक्त मुख्यमन्त्री जमकट्टेल नेकपा (माओवादी केन्द्र)का नेता हुन् । नेकपा (एमाले) लगायत सत्ता साझेदार दलको सहयोगमा उनी सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 

प्रकाशित मिति: १०:५८ बजे, बिहीबार, पुस २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्