Kathmandu Press

प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम गौतम निर्विरोध निर्वाचित हुँदै 

प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम गौतम निर्विरोध निर्वाचित हुँदै 

काठमाडौं, पुस २८ : प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदैछ । यहाँ माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी रहेका कारण उनी निर्विरोध निर्वाचित हुँदै छन् ।   

प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्दैछ । माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ ।

सत्ता गठबन्धनको भागबन्डामा प्रदेश १ को सभामुख माओवादी केन्द्रको भागमा परेको छ भने उपसभामुख एमालेले पाउनेछ । उपसभामुखको निर्वाचनका लागि मनोनयन आज हुनेछ । 
 
शुक्रबार मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनेछन् । शनिबार उपसभामुखको निर्वाचन पछि प्रदेश सभा बैठक केही दिनका लागि स्थगित गर्ने तयारी छ ।

प्रकाशित मिति: १०:५४ बजे, बिहीबार, पुस २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्