पर्साकाे काेइला डिपाेमा निसास्सिएर दुई भारतीयकाे मृत्यु

पर्सा, पुस २७ : पर्साकाे एक काेइला डिपाेमा निसास्सिएर बुधबार राति दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-२२ जगरथानपुर त्रिपति ट्रेडिङ एण्ड सप्लायर्स कोइला डिपोमा निसास्सिएर दुई भारतीय नागरिककाे मृत्यु भएकाे हाे।
मृत्यु हुनेमा भारत बिहारको मोतिहारी घर भएका २९ वर्षका पवित्र गिरी र भारत नै घर भएका सोही डिपोका म्यानेजर ३० वर्षका मिथिलेस यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरू त्रिपती ट्रेडिङ एण्ड सप्लायर्स नामको कोइला डिपोको रेखदेख गर्न बसेका थिए। उनीहरु डिपोको एकतले पक्की भवनको आल्मुनियमको झ्याल ढोका बन्द गरी सुतेको र निसास्सिएर मृत्यु भएकाे प्रारम्भिक अनुसन्धानबाट देखिएकाे प्रहरीले जनाएकाे छ।
बुधबार विहान १० बजेसम्म पनि बाहिर ननिस्केपछि प्रहरीले ढोका फोडेर हेर्दा उनीहरू मृत भेटिएका हुन।
प्रकाशित मिति: १८:१२ बजे, बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











