राजेन्द्र रावल बने सुदूरपश्चिमको मुख्यमन्त्री

काठमाडौं, पुस २७ : सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख देवराज जोशीले रावललाई संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
रावल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
यहाँ नेपाली कांग्रेसका १९, माओवादीका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् ।
प्रदेश प्रमुखको कार्यालयले बिहीबार बिहान मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम राखेको छ ।
प्रकाशित मिति: १७:४४ बजे, बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











