Kathmandu Press

गृहमन्त्री लामिछानेले भने– फरार सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिइसकेको छु 

गृहमन्त्री लामिछानेले भने– फरार सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिइसकेको छु 

काठमाडौं, पुस २७ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका फरार सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन् । 

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान समारोहमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीमा गृहमन्त्री लामिछानेले फरार सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको बताएका हुन् ।

मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिन महतो पनि उपस्थित भएका थिए । उनले गृहमन्त्री लामिछानेकै अगाडि मतदानमा भाग लिएका थिए । यस सम्बन्धमा बुधबार पत्रकारहरुले गृहमन्त्री लामिछानेलाई ‘फरार अभियुक्त संसदमै उपस्थित हुँदा पनि किन पक्राउ गर्न सक्नुभएन ?’ भनी प्रश्न गरेका थिए । जवाफमा उनले भने, ”मैले देखिन । पछि सञ्चार माध्यमबाट थाहा पाएपछि आईजीपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिइसकेको छु ।’

मधेश आन्दोलनका क्रममा असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको घटनामा सांसद महतो पनि आरोपित छन् ।

प्रकाशित मिति: १७:०२ बजे, बुधबार, पुस २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्