Kathmandu Press

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि रचनात्मक प्रतिपक्षीकै भूमिकामा रहन्छौं’

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि रचनात्मक प्रतिपक्षीकै भूमिकामा रहन्छौं’

काठमाडौं, पुस २७ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदमा आफुहरुको भूमिका रचनात्मक प्रतिपक्षीकै हुने स्पष्ट पारेका छन् । 

बुधबार पार्टी निकट अनेरास्ववियू केन्द्रीय कमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले संविधानको कार्यान्वयनका साथै मुलुकको बिकास र सुशासनका लागि आफुहरुले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको भएपनि आफुहरुको भूमिका संसदमा चनात्मक प्रतिपक्षीकै हुने स्पष्ट पारेका हुन्। 

विश्वासको मत दिए पछि सत्तापक्ष नै हुने भन्ने गलत व्याख्या भएको भन्दै अध्यक्ष नेपालले विश्वासको मत दिएर प्रतिपक्षीमा बसेको अनुभव २०५१ सालमा नै रहेको जिकिर गरे। 

त्यस्तै उनले संसद बिघटनको चर्चा संसदमा पनि सुनिन थालेको र यसले जनतामा पुन आशंका जन्माएकाले यस बारेमा आफुले प्रधानमन्त्री प्रचण्डसंग प्रश्न गरेको बताए। अध्यक्ष नेपालले देश सञ्चालनको नेतृत्वमा बसेका व्यक्तिहरुले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने , संविधान, राष्ट्रियताको रक्षा गर्नुपर्ने र देशलाई बिदेशीको क्रिडास्थल बनाउनबाट रोक्नुपर्ने भन्दै आफुहरुले पनि सरकारलाई सही बाटो देखाउने धारणा राखे। 

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएका नेताहरुलाई सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति: १५:३७ बजे, बुधबार, पुस २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्