Kathmandu Press

६३ सांसदको समर्थनमा सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त 

मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा  १६८ को उपधारा २ बमोजिम बुधबार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।  
६३ सांसदको समर्थनमा सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त 

काठमाडौं, पुस २७ : मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त भएका छन् । 

मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा  १६८ को उपधारा २ बमोजिम बुधबार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।  

यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष ६३ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित  मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।

यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका छन्।

स्वतन्त्र प्रदेशसभा सदस्यहरू सुरिता साह र अनिरूद्द सिंहले समेत उनलाई समर्थन गरेको जसपा सांसद रामअशिष यादवले जानकारी दिए।

 मधेश प्रदेश सभामा १०७ जना सांसदहरू छन्। सरकार गठनका लागि कम्तीमा ५४ जना सांसदको समर्थन चाहिन्छ।

प्रदेश सभामा नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १र१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरूसहित कूल ६३ जना प्रदेशसभा सदस्य छन्।

नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र तीन जना प्रदेशसभा सदस्यको सरकारलाई समर्थन छैन। 

मुख्यमन्त्री यादवाले पुस २९ गते शपथ ग्रहण गर्नेछन्।

प्रकाशित मिति: १२:५१ बजे, बुधबार, पुस २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्