Kathmandu Press

लिला गिरी लुम्बिनीको मुख्यमन्त्री बन्दै 

लिला गिरी लुम्बिनीको मुख्यमन्त्री बन्दै 

काठमाडौं, पुस २७ :  लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । मुख्यमन्त्रीका लागि एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले प्रदेश प्रमुखसमक्ष आज बुधबार आज दाबी पेस गर्दैछन् ।

प्रदेश प्रमुख अमिक शेरचनले आज साँझ ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका छन्। 

निर्धारित समयाअवधिभित्र गिरीले माओवादी केन्द्र, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदसहित ५५ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने भएका छन् । 

प्रदेश प्रमुखले दिएको समयको एकदिन अगाडि मंगलबार नै दाबी पेस गर्ने तयारी गरे पनि सत्तारुढ दलका संसदीय दलका नेता सबै उपस्थित हुन नसकेपछि दाबी पेस हुन सकेको थिएन। 
 
लुम्बिनीमा एमालेलाई पाँच वर्ष मुख्यमन्त्री दिने सत्तारुढ दलहरुले गरेको निर्णयमा असुन्तुष्टि जनाउँदै स्थायी कमिटी सदस्य जोखबहादुर महरा सोमबार नै काठमाडौं गएका थिए । पछि दुई वर्षपछि एमालले मुख्यन्त्री छाड्ने र त्यसपछि माओवादी केन्द्र नेतृत्वको सरकार आलोपालो गर्ने समझदारी भएको थियो ।

 

प्रकाशित मिति: ११:४५ बजे, बुधबार, पुस २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्