प्रधानमन्त्री भएपछि पहिलोपटक गोरखा जाँदैं प्रचण्ड
प्रधानमन्त्री प्रचण्ड आजबाट सुरु हुने ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा आउन लागेका हुन्। खेलकुद मैदान हरटारीमा महोत्सवको आयोजना हुँदै छ ।
काठमाडौं, पुस २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाने भएका छन् । गोरखा निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड आजबाट सुरु हुने ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा आउन लागेका हुन्। खेलकुद मैदान हरटारीमा महोत्सवको आयोजना हुँदै छ ।
यसैबीच प्रधानसेनापति प्रभुराम शर्मा पनि बुधबार गोरखा जाँदै छन् । गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि उनी गोरखा गोरखा जान लागेका हुन् ।
प्रकाशित मिति: ०८:२७ बजे, बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार