Kathmandu Press

हिमाली भूभागमा हिमपात र तराईमा बाक्लो हुस्सुको सम्भावना

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र  गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम  तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
हिमाली भूभागमा हिमपात र तराईमा बाक्लो हुस्सुको सम्भावना

काठमाडौं, पुस २७ : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा बाक्लो हुस्सु लागेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र  गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम  तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 
उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना  तथा तराईका केही  भूभागहरूमा बाक्लो  हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: ०७:५२ बजे, बुधबार, पुस २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्