Kathmandu Press

राष्ट्रिय एकता दिवसका अवसरमा ‘एकता रचना वाचन’

राष्ट्रिय एकता दिवसका अवसरमा ‘एकता रचना वाचन’
Hardik ivf

गण्डकी, पुस २६ : जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको संयोजन एवं गीताञ्जली साहित्य परिवार र विश्व हिन्दू महासङ्घ कास्कीद्वारा राष्ट्रिय एकता दिवसका अवसरमा आज रचना वाचन गरिएको छ ।
    
३०१ औँ राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा ‘एकता रचना वाचन’ शीर्षकमा आयोजित कार्यक्रममा साहित्यकार मदन भण्डारी, अल्पविराम पोखरेली, छविलाल आचार्य, चन्द्रावती वाग्ले, शोभाकान्त गौडेल, बलराम तिमिल्सिना, वसन्त चालिसे, लक्ष्मण पौडेल, रुद्रबहादुर थापा, धर्मराज अल्पायु, नरेन्द्र रानाभाटलगायतले रचना वाचन गरे।

कार्यक्रममा एकता दिवस मूल समारोह समितिका संयोजक शङ्कर खरालले विगतका वर्षमा जस्तै जनस्तरबाट मूल समारोह आयोजना गरिएको बताए। जनस्तरको आवाजकै कारण सरकारले कटौती गरेको एकता दिवसको बिदालाई पुनः सुरु गर्नुलाई प्राप्तिका रुपमा लिन उनले आग्रह गरे । 

लोकनृत्य कलाकार सङ्घ कास्कीका सल्लाहकार बबिता गुरुङले हरेक व्यक्तिले आ–आफ्ना ठाउँबाट इतिहासलाई मेटिन नदिनका लागि पहल गर्न आवश्यक रहेको बताए। 
    
गीताञ्जली साहित्य परिवारका अध्यक्ष रामनाथ अधिकारी (सङ्गी)ले विगत केही वर्षदेखि विभिन्न सङ्घसंस्थाको सहकार्यमा त्रिदिवसीय एकता दिवस विशेष कार्यक्रम साथ आयोजना हुँदै आएको बताउँदै २७ गतेको मूल समारोहमा सबैलाई सहभागी हुन आग्रह गरे।
    
कार्यक्रममा स्वतन्त्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष असफल गौतम, राष्ट्रिय एकता दिवस मूल समारोह समितिका प्रचार संयोजक पार्वता पौडेल, गीताञ्जली साहित्य परिवारका पूर्वअध्यक्ष शिवप्रसाद गौतम, समाजसेवी जगन्नाथ कोइराला, एकबहादुर केसी, हरिचन्द्र आचार्यलगायतले एकता दिवसको महत्वबारे प्रकाश पारे।

प्रकाशित मिति: २०:४८ बजे, मंगलबार, पुस २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्