Kathmandu Press

भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्छौँ : मुख्यमन्त्री कार्की

भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्छौँ : मुख्यमन्त्री कार्की

काठमाडौं, पुस २६ : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सुशासनका निम्ति भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताएका छन्। प्रदेशसभाको प्रथम अधिवेशनको आज बसेको दोस्रो बैठकलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले पर्यटन र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने बताए। 

उनले आयातलाई निरुत्साहित गर्न कृषिमा व्यवसायीकरण गरी प्रशस्त रोजगारी सिर्जना गर्ने उल्लेख गर्दै प्रदेश सरकारले प्रदान गर्ने सेवा चुस्त एवं दुरुस्त हुने कुरामा जोड दिए। उनले शिक्षा र स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकता आगाडि बढाउने जनाउँदै सरकारले प्रदेश संरचना निर्माणमा पनि विशेष ध्यान दिने बताए। 

उनले दलहरुबीच सहकार्य र एकता गरी अघि बढ्ने प्रतिबद्धता जनाउँदै प्रदेश सरकाले अनुभव र ज्ञानलाई पूर्ण प्रयोग एवं उपभोग गरी प्रदेशलाई व्यवस्थित बनाउँदै लैजाने धारणा राखे। मुख्यमन्त्री कार्कीले प्रदेशको नाम राजनीतिक दलहरुकै सहमति र सहकार्यबाट टुङ्गो लगाउने उल्लेख गर्दै प्रदेशको आर्थिक र सामाजिक रुपान्तरणका लागि सरकार गम्भीर रहेको बताए। 

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकारले प्रदेशको अवस्था बुझेर जनताको जीवनस्तर उकास्ने योजना ल्याउनुपर्नेमा जोड दिए। नेकपा ९माओवादी केन्द्र० संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको औचित्य सावित गर्न प्रदेश सरकारले समृद्धि र सुशासनको क्षेत्रमा काम गर्नुपर्ने बताए। 

 

प्रकाशित मिति: १८:०४ बजे, मंगलबार, पुस २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्