Kathmandu Press

‘परिवर्तनको आन्दोलन र ममाथि न्याय भएको महशुस गरेको छु’

सबै राजनीतिक दललाई समुचित तरिकाले उहाँको विचार र भावनालाई कति  सम्बोधन गर्न सक्छु, त्यो मेरो लागी सकारात्मक चुनौतीको रुपमा महशुस गरेको छु : प्रचण्ड
‘परिवर्तनको आन्दोलन र ममाथि न्याय भएको महशुस गरेको छु’

काठमाडौं, पुस २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  प्रतिनिधिसभामा भएको अपार विश्वासको वातावरणले लामो समयको परिवर्तनको आन्दोलन र त्यसको नेतृत्वकर्ताको हिसाबले आफूमाथि न्यायको महशुस भएको बताएका छन्।

सोमबार प्रतिनिधि सभामा आफूले राखेको विश्वासको प्रस्तावमाथिको छलफलपछि जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दलले समेत आफूलाई समर्थन गर्ने भनेपछि आफूमाथि न्याय भएको महशुस भएको बताएका हुन् ।

‘सबैभन्दा ठूलो त्याग र बलिदान, सबैभन्दा ठूलो तरंग , देशमा जातजाति, भाषाभाषी, क्षेत्र, वर्ग समूदाय सबैलाई छोएको र सबैलाई सहभागी गराएको आन्दोलनको नेतृत्व गर्ने नेताको नाताले आजको यो समर्थनलाई हाम्रो आन्दोलनप्रति र मप्रति ठूलो न्याय भएको महशुश गरेको छु,’ उनले भने ।  

उनले आफ्ना अगाडि चुनौती पनि थपिएको बताए । ‘सबै राजनीतिक दललाई समुचित तरिकाले उहाँको विचार र भावनालाई कति  सम्बोधन गर्न सक्छु त्यो मेरो लागी सकारात्मक चुनौतीको रुपमा महशुस गरेको छु,’ उनले भने । 

प्रधानमन्त्री प्रचण्डले आफू संविधानको रक्षाका लागि प्रतिबद्ध रहेको पनि बताए । संसद विघटन सही थियो कि थिएन भन्ने विषय सरकारको विषय नभएको बताउँदै उनले ०७२ को संविधानप्रति आफू प्रतिबद्ध रहेको बताए ।  

प्रकाशित मिति: १६:५२ बजे, मंगलबार, पुस २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्