प्रधानमन्त्री ओलीले फोन गरेर दिए मोदीलाई नयाँ वर्षकाे शुभकामना
काठमाडौं, पुस १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरेर नयाँ वर्षको शुभकामना दिएका छन्।
दुई प्रधानमन्त्री....

काठमाडौं, पुस १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरेर नयाँ वर्षको शुभकामना दिएका छन्।
दुई प्रधानमन्त्रीबीच भएको टेलिफोन संवादमा दुई देशबीचका बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सन् २०२० सफल रहने विश्वास उनीहरुले व्यक्त प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
नेपालको लिपुलेकलाई भारतले आफ्नो नक्शामा समावेश गरेको सार्वजनिक भएपछि दुई देशबीच पछिल्लो समय सीमा विवादबारे कूटनीतिक माध्यमबाट सम्पर्क हुँदै आएकामा आज प्रधानमन्त्री तहमा संवाद भएको हो। प्रधानमन्त्री ओलीले आज बिहान १०ः३० ले टेलिफोन संवाद गरेका हुन्।
टेलिफोन संवादका क्रममा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सन् २०१९ सफल रहेको र बाँकी समस्या पनि समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पु¥याउन सन् २०२० सफल रहने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले ट्वीट गरेर पनि भारतीय प्रधानमन्त्री मोदीलाई फोन गरेको जनाएका छन्।
दुई देशबीचको सम्बन्धलाई नयॉ उचाईमा पुर्याउन सन् २०१९ सफल रहेको र बॉकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहनेमा हामीले विस्वास व्यक्त गर्यौं। मैले प्रम मोदीलाई नेपाल भ्रमणको लागि पुन: आग्रह गरेँ।
— K P Sharma Oli (@kpsharmaoli) January 1, 2020











