Kathmandu Press

विश्वासको मतका लागि ओलीले दिए कांग्रेसलाई धन्यवाद

‘डेमोक्रेसीको एउटा नयाँँ भाष्य स्थापित गर्नुभएको छ, यसबारेमा देशमा पनि छलफल होला, विदेशमा पनि छलफल होला, इतिहासमा पनि छलफल होला’ ओलीले भने।
विश्वासको मतका लागि ओलीले दिए कांग्रेसलाई धन्यवाद

काठमाडाैं, पुस २६ : पुष्पकमल दाहालको नेतृत्वका रहेको सरकारलाई विश्वासको मत निदे निर्णय गरेपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसलाई धन्यवाद दिएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैकठमा बेल्दै एमाले अध्यक्ष ओलीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेपछि कांग्रेसलाई धन्यवाद दिएका हुन्।

कांग्रेसको यो निर्णयले लोकतन्त्रको नयाँ भाष्य स्थापित भएको ओलीले बताएका छन् । ‘डेमोक्रेसीको एउटा नयाँँ भाष्य स्थापित गर्नुभएको छ, यसबारेमा देशमा पनि छलफल होला, विदेशमा पनि छलफल होला, इतिहासमा पनि छलफल होला’ ओलीले भने।

ओलीले भने कांग्रेसले पनि विश्वासको मत दिएपछि संसद्‍मा अब प्रतिपक्षी नै नरहेको बताए। यस्तै, उनले प्रधानमन्‍त्री पुष्पकमल दाहालले राखेको प्रतिबद्धता स्वागतयोग्य भएको बताएका छन् ।

प्रकाशित मिति: १४:२८ बजे, मंगलबार, पुस २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्