Kathmandu Press

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै प्रतिपक्षमा बस्ने कांग्रेसको निर्णय

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । 
प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै प्रतिपक्षमा बस्ने कांग्रेसको निर्णय

काठमाडौं, पुस २६ : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई  विश्वासको मत दिने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । 

प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे निर्णय गर्न मंगलबार बिहान पदाधिकारी बैठक बोलाइएको थियो । बैठकमा सभापति देउवाले प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राखेका थिए । तर, अन्य पदाधिकारीहरु सहमत नभएपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो । 

कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे सकारात्मक निर्णय गर्दै संसदीय दलको बैठकबाट अनुमोदन गराउन लागिएको छ । प्रचण्डलाई विश्वासको मत दिँदै प्रतिपक्षमा बस्ने निर्णयप्रति महामन्त्रीद्वय सहित ४ नेताले असहमति जनाएका छन् । 

प्रधानमन्त्री प्रचण्डले दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिँदैछन् । 

प्रकाशित मिति: १२:५८ बजे, मंगलबार, पुस २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्