लोसपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने
लोसपाकाे संसदीय दलकाे बैठकले विश्वासको मतबारे निर्णय गर्ने अधिकार अध्यक्षलाई दिएको थियो ।
काठमाडौं, पुस २६ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । लोसपाकाे संसदीय दलकाे बैठकले विश्वासको मतबारे निर्णय गर्ने अधिकार अध्यक्षलाई दिएको थियो ।
सोहीबमोजिम अध्यक्ष महन्थ ठाकुले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेका हुन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने लोसपाका नेता शरतसिंह भन्डारीले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिँदैछन् ।
प्रकाशित मिति: १२:२५ बजे, मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











