चितवनमा श्रीमान्–श्रीमती मृत फेला

काठमाडौं, पुस २६ : चितवनमा एक दम्पत्ती मृत फेला परेका छन् । जिल्लाको भरतपुर महानगरपालिकाको २९ नम्बर वडा कार्यालय पछाडि खेतबारी भन्ने स्थानमा श्रीमान्–श्रीमती मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले २७÷२८ वर्षीय प्रेम रानामगर र उनकी २४/२५ वर्षीया शान्ति रानामगर मृत फेला परेको बताएका छन् । प्रेम झुन्डिएको अवस्थामा र शान्ति भुईँमा मृत फेला परेका हुन् ।
मृतक प्रेमबहादुरले कुटपिट गरेर श्रीमतीको हत्या गरेपछि आफूले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयहरुले बताएका छन् । उनीहरुका बीचमा घरमा झैझगडा भैरहने स्थानीयले प्रहरीलाई जानकारी दिए ।
प्रेमबहादुर ज्याला मजदुरी गर्दथे भने श्रीमती गृहणी थिइन् । उनीहरुको एक छोरा छन् ।
प्रकाशित मिति: १२:११ बजे, मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











