Kathmandu Press

कांग्रेस पदाधिकारी बैठक : प्रचण्डलाई विश्वासको मत दिन देउवाको प्रस्ताव 

मंगलबार धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीको बैठकमा सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राखेका हुन् । 
कांग्रेस पदाधिकारी बैठक : प्रचण्डलाई विश्वासको मत दिन देउवाको प्रस्ताव 

काठमाडौं, पुस २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने प्रस्ताव गरेका छन् । मंगलबार धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीको बैठकमा सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राखेका हुन् । 

सोमबार प्रधानमन्त्री प्रचण्डले धुम्बाराही पुगेर देउवासँग भेटवार्ता गरी आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । सोही अनुसार देउवाले मंगलबारको पदाधिकारी बैठकमा विश्वासको मत दिने प्रस्ताव राखेका हुन् । उनको प्रस्तावमा पदाधिकारीबीच मतविभाजन भएपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । 

देउवाको प्रस्तावप्रति असन्तुष्ट पदाधिकारीले केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरेका थिए । तर समयअभावका कारण कार्यसमिति बैठक बस्न असम्भव रहेकाले कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । कार्यसम्पादन समितिलाई केन्द्रीय कार्यसमितिले लिने निर्णय गर्न अधिकारी छ । 

११ बजे बस्नेगरी बोलाइएको कार्यसम्पादन समितिको बैठकले सभापति देउवाको प्रस्तावबारे छलफल गर्दै निर्णय गर्ने र लगत्तै संसदीय दलको बैठकले विश्वासको मतबारे औपचारिक निर्णय गर्ने बताइएको छ । कांग्रेसको बैठक लम्बिएपछि प्रतिनिधि सभा बैठक दिउँसो १ बजे सारिएको छ । सोही बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिनेछन् । 
 

प्रकाशित मिति: ११:२० बजे, मंगलबार, पुस २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्