Kathmandu Press

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति जसपाको विरोध 

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति जसपाको विरोध 

काठमाडौं, पुस २६ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पृथ्वी जयन्ती (पुस २७)मा सार्वजनिक बिदा सरकारको निर्णयप्रति विरोध जनाएका छन् । 

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको पुस २५ गते बसेको बैठकको निर्णय अनुसार गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै पुस २७ गते देशभर र विदेशस्थित राजदूतावास र कूटनीतिक नियोगहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

सरकारको उक्त निर्णयमा जसपाका अध्यक्ष उपेन्द्र यादवले भने विरोध जनाएका छन् । यो निर्णय जनआन्दोलनको मर्म र भावना विपरीत भएको र यसबाट विविधतामा एकता नभई एकतामा विभेद उत्पन्न गर्ने यादवको दावी छ ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादवले राजतन्त्रात्मक निरंकुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्तीलाई प्रचण्ड सरकारले पुनर्स्थापित गर्नु जनआन्दोलनको मर्म र भावना विपरीत कार्य भएको बताएका छन् ।

प्रकाशित मिति: ११:१० बजे, मंगलबार, पुस २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्