Kathmandu Press

विश्वासको मतबारे छलफल गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक 

कार्यसम्पादन समितिको बैठकको निर्णय पछि मात्रै संसदीय दलको बैठक बसेर विश्वासको मतबारे औपचारिक निर्णय गर्नेछ ।
विश्वासको मतबारे छलफल गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक 

काठमाडौं, पुस २६ : नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मंगलबार बिहान बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारेमा एक मत नआएपछि कांग्रेसले थप छलफलका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको हो । 

अब कार्यसम्पादन समितिको बैठकको निर्णय पछि मात्रै संसदीय दलको बैठक बसेर विश्वासको मतबारे औपचारिक निर्णय गर्नेछ । कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको छ । 

कांग्रेसभित्र प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने दिन नहुने दुबै धार रहेकाले सहमति जुट्न नसकेको हो । प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत मागेका थिए । 

विश्वासको मतबारे कांग्रेसको औपचारिक निर्णय नआएकाले आजको प्रतिनिधि सभा बैठक पनि दुई घन्टा पर धकेलिएको छ । ११ बजे बस्ने भनिएको संसद बैठक १ बजेलाई सारिएको छ । 
 

प्रकाशित मिति: १०:५३ बजे, मंगलबार, पुस २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्