प्रधानमन्त्रीलाई विश्वासको मत दिने राप्रपाको निर्णय

काठमाडौं, पुस २६ : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बिहान बसेको राप्रपाको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । प्रचण्ड राप्रपासमेतको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने लगायतका पार्टीले उठाएका राष्ट्रियता, विकास, सुशासन र सेवा प्रवाह सम्बन्धि बुँदाहरु न्युनतम साझा कार्यक्रममा समावेश गरेपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै सरकारमा सहभागी हुने तयारी गरेको छ ।
नेकपा एकीकृत समाजवादीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रधानमन्त्रीले दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत माग्नेछन् ।
प्रकाशित मिति: १०:४४ बजे, मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











