संसद बैठक दिउँसो १ बजेलाई सर्याे
विश्वासको मतबारे निर्णय गर्न दलहरुको बैठक जारी रहेका कारण बैठक सारिएको हो ।
काठमाडौं, पुस २६ : प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने भएको छ । यसअघि बिहान ११ बजे बस्ने भनिएको बैठक निर्धारित समयभन्दा दुई घन्टा पछि बस्ने गरी सारिएको छ ।
आजको बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदैछन् ।
विश्वासको मतबारे निर्णय गर्न दलहरुको बैठक जारी रहेका कारण बैठक सारिएको हो । एकीकृत समाजवादीले भने प्रचण्डलाई विश्वसाको मत दिने निर्णय गरिसकेको छ ।
कांग्रेसको पदाधिकारी बैठक जारी छ । पदाधिकारी बैठकपछि मात्रै संसदीय दलको बैठक बस्नेछ । सोही बैठकले प्रचण्डलाई विश्वासको मत दिने नदिनेबारे निर्णय गर्नेछ ।
प्रकाशित मिति: १०:३३ बजे, मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











