Kathmandu Press

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय 

प्रधानमन्त्रीलाई विश्वासको मत दिनका लागि भने एकीकृत समाजवादीले शर्त राखेको छ ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय 

काठमाडौं, पुस २६ : नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मंगलबार बिहान बसेको पार्टीको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिनका लागि भने एकीकृत समाजवादीले शर्त राखेको छ । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीलाई शर्तसहित  समर्थन गर्ने निर्णय गरेको जानकारी दिए ।  

‘अहिले विश्वासको मत दिन्छ । हाम्रा एजेन्डाहरू राखिनेछन् । ती एजेन्डा पूरा नगरेमा कुनै पनि बेलामा त्यहाँबाट फर्कनसक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्ने हाम्रो निर्णय छ,’ प्रवक्ता खतिवडाले भने । 
 
प्रधानमन्त्री प्रचण्डले आजको संसद बैठकबाट विश्वासको मत लिंदैछन् ।

प्रकाशित मिति: १०:१९ बजे, मंगलबार, पुस २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्