मौसम पूर्वानुमान : हिमाली क्षेत्रमा हिमपात
आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । राती पनि यो क्रम जारी रहनेछ ।
काठमाडौं, पुस २६ : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक देखी सामान्य बदली रहेको छ ।
आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । राती पनि यो क्रम जारी रहनेछ ।
उच्च पहाडी तथा हिमाली भूभागका हिमपात र तराईमा बाक्लो हुस्सु लागेर दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित मिति: ०७:४१ बजे, मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार