एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने वा नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो ।
काठमाडौं, पुस २६ : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने वा नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो । प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।
बैठक बिहान ११ बजे बस्दै छ । प्रचण्डले सत्ता गठबन्धनमा नरहे पनि एकीकृत समाजवादी र नेपाली कांग्रेसलाई विश्वासको मत दिन आग्रह गर्दै आएका छन् ।
प्रकाशित मिति: ०७:१८ बजे, मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











