कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन हुने वा दिन नहुनेबारे सुझाव मागेको छ । पार्टीका आन्तरिक मेसेज ग्रुपहरूमार्फत कांग्रेसले सोमबार साँझ पार्टीका विभिन्न समितिमा आबद्ध नेताकार्यकर्ताहरूसँग सुझाव मागिएको हो ।
काठमाडौं, पुस २६ : नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । बिहान ९ बजे बस्ने बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने वा नदिने निर्णय लिनेछ ।
कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन हुने वा दिन नहुनेबारे सुझाव मागेको छ । पार्टीका आन्तरिक मेसेज ग्रुपहरूमार्फत कांग्रेसले सोमबार साँझ पार्टीका विभिन्न समितिमा आबद्ध नेताकार्यकर्ताहरूसँग सुझाव मागिएको हो ।
“भोलि पुस २६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ । हाम्रो पार्टीको संसदीय दलको भोलि बिहान ९ बजे बस्ने बैठकबाट यसबारेमा निर्णय लिनुछ । त्यसअघि पार्टी पदाधिकारी बैठक बस्दैछ ।
विश्वासको मतबारे तपाईंको व्यक्तिगत राय, अथवा तपाईं आबद्ध समितिका साथीहरूको धारणा तत्कालै पठाउन यो म्यासेज गरेको छु,” कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भनेका छन् । उनले प्रचण्डलाई विश्वासको मत दिनु उचित हुन्छ या हुन्न ?, दिनुपर्छ तर्क केरदिनुहुन्न तर्क के ?, दिँदा र नदिँदामध्ये देश, लोकतन्त्र र कांग्रेसका लागि के उचित ? जस्ता प्रश्न गरेका छन् ।
यसअघि हिजो साँझ प्रचण्डले देउवालाई भेटी विश्वासको मतका लागि आग्रह गरेका थिए ।