Kathmandu Press

पार्टीको विधानलाई मिचेको छैन : देउवा

विराटनगर, पुस १६ : नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार, आफूले काम गरिरहेको बताएका छन्।

बुधबार विराटनगर विमानस्थलम....

पार्टीको विधानलाई मिचेको छैन : देउवा

विराटनगर, पुस १६ : नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार, आफूले काम गरिरहेको बताएका छन्।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले विधानअनुसार, नै महाधिवेशनको मिति तोकेको बताए। ‘पार्टीको विधानलाई मिचेको छैन, विधानअनुसार नै काम गरेको छु,’ देउवाले भने। कांग्रेसका केही नेताले उनलाई पार्टीको विधान मिचेको आरोप लगाएका थिए।

उनले सहमतिका आधारमा पार्टी संचालन गरिरहेको बताए। ‘मैले पार्टीलाई सहमतिको आधारमै सञ्चालन गर्न खोजिरहेको छु,’ उनले भने। कांग्रेसभित्र एकता र मेलमिलाप कायम रहेको उनको भनाइ थियो।

एक प्रश्नमा उनले सभामुखको छिट्टै टुङ्गो लगाउनु पर्ने बताए। सभामुख वा उपसभामुखमध्ये एउटा कांग्रेसले पाउनु पर्ने उनको भनाइ थियो।

त्यस्तै, अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई स्वकार गर्नुपर्ने बताए। एमसीसीलाई सरकारले तत्काल पास गर्नुपर्ने उनको भनाइ थियो।

सभापति देउवाले नेपाल विद्यार्थी संघमा पनि छिट्टै नेतृत्व चयन गर्ने बताए। अहिले नेवि संघ नेतृत्वविहीन छ।

प्रकाशित मिति: १२:१२ बजे, बुधबार, पुस १६, २०७६