Kathmandu Press

धुम्बाराही पुगेर प्रचण्डले देउवासँग मागे विश्वासको मत

देउवा र प्रचण्डसँगको छलफलमा उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला पनि उपस्थित थिए ।
धुम्बाराही पुगेर प्रचण्डले देउवासँग मागे विश्वासको मत

काठमाडाैं, पुस २५ : संसदको ठूलो दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवासँग भेट गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन्।

प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न सोमबार साँझ धुम्बाराहीस्थित निवास पुगेका थिए। भेटमा प्रचण्डले भोलि ससंसदमा आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए।

भेटमा देउवाले प्रचण्डलाई साथीहरुसँग छलफल गर्ने जवाफ दिएको बताइएको छ। देउवा र प्रचण्डसँगको छलफलमा उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला पनि उपस्थित थिए ।

विश्वासको मत दिने या नदिने भन्ने विषयमा निर्णय गर्न मंगलबार बिहान ९ कांग्रेस संसदीय दलको बैठक बस्दैछ। बैठकअघि आन्तरिक छलफलका लागि पदाधिकारी बैठक बस्ने छ।

 

प्रकाशित मिति: २१:१५ बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्