प्रदेश १ मा मन्त्रालयको संख्या घटाइने
नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्रालयको संख्या १३ बाट घटाएर ९ मा झार्ने निर्णय गरेको हो।
मोरङ, पुस २५ : प्रदेश १ मा मन्त्रालयको संख्या घटाइने भएकोृ छ। नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्रालयको संख्या १३ बाट घटाएर ९ मा झार्ने निर्णय गरेको हो।
‘मन्त्रालय धेरै भए मन्त्री धेरै भए भन्ने गुनासो आइरहेको छ, जनगुनासोलाई विचार गरेर हामीले मन्त्रालय संख्या ९ वटामा झार्न आवश्यक प्रक्रिया पूरा गर्ने निर्णय गरेका छौं’ उनले भने ।
यसअघि प्रदेश १ सुरूमा ७ वटा मन्त्रालय थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धन बनेपछि मन्त्रालय संख्या बढाएर १३ सम्म पुर्याइएको थियो ।
मन्त्रिपरिषद बैठकले सेवा प्रवाहको अवस्था सुधार गर्न प्रशासन सुधार कार्यदल गठन गर्ने, शीतलहरबाट जोगिन पूर्वतयारी गर्ने लगायतका निर्णय पनि गरेको मन्त्री सिटौलाले जानकारी दिए ।
प्रकाशित मिति: २१:०४ बजे, सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











