सिलिन्डर विस्फोट हुँदा एक घाइते, दुई घरमा क्षति
सिलिण्डर बिस्फोट हुँदा थपलियाकी श्रीमती तारा घले थपलिया घाइते भएको र उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
भक्तपुर, पुस २५ : सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित रामप्रसाद थपलियाको घरमा आज खाना पकाउने ग्यास सिलिण्डर बिस्फोट हुँदा एक जना घाइते भएका छन् भने दुई घरमा क्षति पुगेको छ ।
सिलिण्डर बिस्फोट हुँदा थपलियाकी श्रीमती तारा घले थपलिया घाइते भएको र उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
बिस्फोट हुँदा घरको भान्छा कोठा भत्किएको छ भने पार्किङमा रहेको कारको सीसा फुटेको र छिमेकीको घरको झ्यालका सिसा फुटेर क्षति पुगेको छ।
ग्यास लिक भएर भान्छा कोठामा थुप्रिएको अवस्था भान्छा कोठामा पस्ने वित्तिकै सिलिण्डर फिस्फोट भएर ठूलो आवाज आएको उनको भनाइ छ।
घटना भए लगत्तै बम बिस्फोट भएको आशंकामा नेपाल प्रहरी, नेपाली सेनाको बम डिस्फोजल टोली र अपराध अनुसन्धानमा सहयोगी प्रहरीको तालिम प्राप्त कुकुरसमेत घटनास्थल पुगेर अनुसन्धान गरिएको प्रनाउ पाण्डेले जानकारी दिए।