धुम्बाराहीमा देउवा–प्रचण्ड भेट
भेटमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सपभाति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेको बताइएको छ ।
काठमाडौं, पुस २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनकै निवास धुम्बाराही पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। दुई नेता बीचमा केही समय अघि भेट भएको हो।
भेटमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सपभाति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार संसदमा विश्वासको मत लिने कार्यक्रममा छ।
कांग्रेसले अहिलेसम्म विश्वासको मत दिने–नदिने विषयमा निर्णय गरेको छ। मंगलबार बिहान बस्ने संसदीय दलको बैठकले यस विषयमा निर्णय गर्ने छ ।
प्रकाशित मिति: १९:५५ बजे, सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











