Kathmandu Press

देउवालाई भेट्न धुम्बाराही जाँदै प्रधानमन्त्री प्रचण्ड

प्रचण्ड प्रधानमन्त्री बनेपछि दुई नेताबीच पहिलो पटक औपचारिक भेट हुन लागेको हो।
देउवालाई भेट्न धुम्बाराही जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं, पुस २५ : प्रधामन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास धुम्बाराही जाँदै छन्। प्रचण्ड केही समयपछि देउवालाई भेट्न धुम्बाराही आउने सभापति देउवाको सचिवालयले जनाएको छ।

प्रचण्ड प्रधानमन्त्री बनेपछि दुई नेताबीच पहिलो पटक औपचारिक भेट हुन लागेको हो।

संसदमा प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिँदैछन्। प्रचण्डलाई विश्वासको मत दिन या नदिने विषयमा कांग्रेसले अहिलेसम्म औपचारिक निर्णय गरेको छैन ।

विश्वासको मतका सम्बन्धमा बुधबार बिहान बस्ने संसदीय दलको बैठकले निर्णय गर्ने छन्।

प्रकाशित मिति: १८:५९ बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्