Kathmandu Press

पर्यटकलाई यस्तो छ होमस्टेदेखि होटलसम्म छुट

काठमाडौं, पुस १६ : नेपाल भ्रमण वर्ष–२०२० आज उद्घाटन गरिँदै छ। आज दिउँसो ३ बजेदेखि दशरथ रंगशालामा उद्घाटन गरिसँगै नेपाल भ्रमण वर्षको औपचारिक सुरु....

पर्यटकलाई यस्तो छ होमस्टेदेखि होटलसम्म छुट

काठमाडौं, पुस १६ : नेपाल भ्रमण वर्ष–२०२० आज उद्घाटन गरिँदै छ। आज दिउँसो ३ बजेदेखि दशरथ रंगशालामा उद्घाटन गरिसँगै नेपाल भ्रमण वर्षको औपचारिक सुरुआत हुनेछ।

भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। नेपाल आउने पर्यटकलाई विभिन्न संघसंस्थाले पनि खानपानदेखि बसोबाससम्ममा विशेष छुटको व्यवस्था गरेका छन्।

Hardik ivf

होमस्टे एसोसिएसन अफ नेपाल (होसान), होटल एसोसिएसन अफ नेपाल (हान), ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएनम अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा)लगायतले छुटको घोषणा गरेका हुन्।

हानले देशभर सञ्चालित सामान्यदेखि पाचँतारे होटलसम्म्मा छुटको घोषणा गरेको छ। हानले कोठामा ३० प्रतिशत र रेस्टुरा (खाना)मा १५ प्रतिशत छुट दिने भएको छ।
सातै प्रदेशमा सञ्जाल रहेको हानमा दुई हजारभन्दा बढि होटल तथा रेस्टुरा आवद्ध छन्। हानमा आवद्ध सबै होटलले सरकारको योजनालाई सहयोग गर्ने हानका प्रथम उपाध्यक्ष विनायक शाहले बताए।

त्यस्तै, होमस्टेको छाता संगठन होमस्टे एसोसिएसन अफ नेपाल (होसान)ले पनि सरकारको योजनालाई सहयोग गर्ने घोषण गरेको छ। देशैभरी सञ्चालन भएका होमस्टेमा २० प्रतिशत छुट दिने घोषण गरेको छ।

होसानका अध्यक्ष केशव बडालले सरकार तथा हाल स्थानीय तहमा दर्ता भएका सम्पूर्ण होमस्टेले नेपाल भ्रमण वर्ष २०२० भरि छुट दिने बताए। ‘होमस्टेअनुसार, दररेट तथा सेवासुविधा फरकफरक छ। एउटा होमस्टेमा गएका पर्यटकले गरेको खर्चका आधारमा २० प्रतिशतसम्म छुट दिइनेछ,’ उनले भने। अहिले देशका ५७ जिल्लामा होमस्टे सञ्चालनमा छन्।

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले सदस्य कम्पनीलाई सम्पूर्ण पदयात्रा प्याकेजमा विदेशी पदयात्रीलाई २० प्रतिशतसम्म छुट दिन निर्देशन दिएको छ। टानका अध्यक्ष खुम सुवेदीका अनुसार, सदस्य कम्पनीले छुट दिए÷नदिएको अनुगमन समेत गरिनेछ।

नेपाल एसोसिएनम अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा)ले प्याकेजका रुपमा १० प्रतिशतसम्म छुट दिने भएको छ। नाटाका अध्यक्ष सीएन पाण्डेका अनुसार, नाटासँग सम्बन्धित सबै एजेन्सीलाई छुट दिन निर्देशन दिइएको छ।

प्रकाशित मिति: ११:५१ बजे, बुधबार, पुस १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्